कांग्रेस केन्द्रीय सदस्य पौडेलले पाए प्रवक्ताको जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
समितिले आइतबार विज्ञप्ति जारी गरेर पौडेललाई प्रवक्ता चयन गरिएको जनाएको छ । क्रियाशील सदस्यतासम्बन्धी विषयमा नानाथरी धारणा बाहिर जान थालेपछि समितिले प्रवक्ता तोकेर एकद्वारबाट सूचना दिने निर्णय गरेको छ ।
‘नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका तर्फबाट समितिको औपचारिक धारणा सार्वजनिक गर्नका लागि समितिका सदस्य प्रदीप पौडेललाई समितिको प्रवक्ता तोकिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Sunday, 2021 July 4, 11:37 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया