शेरबहादुर देउवालाई फेरि राष्ट्रिय राजनीतिले स्थापित गरेको छः खाण

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधान र लोकतन्त्रलाई कमजोर पार्ने गरेर गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

शनिबार जुममा आयोजित ‘१४औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्वको सम्भावना, चुनौती र रणनीति’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले गरिरहेको हर्कत संविधान विपरितको रहेको बताए ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले अहिले जुनखालको गतिविधिहरू गरिरहनुभएको छ, त्यसका विरुद्ध नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवाको अगुवाइमा अहले आन्दोलन भइरहेको छ’, खाणले भने, ‘यो आन्दोलनले शेरबहादुर देउवालाई फेरि राष्ट्रिय राजनीतिमा एकपटक स्थापित गरेको छ ।’

‘महिलाहरूले पनि महिला अधिकारको बारेमा, बालबालिका वा महँगीको बारेमा, लोकतन्त्रको सवालमा होला, राष्ट्रियताको सवालमा होला, जनजीवीकाको सवालहा होला’, उनले भने, ‘महिला दिदीबहिनीले हामीलाई पनि बोलाउनुस् । महिलाहरूकै नेतृत्वमा हामी पनि आन्दोलनमा भाग लिने छौँ ।’

जनताको मागलाई सम्बोधन गर्ने गरेर महिलाहरूले रचनात्मक कार्यक्रम र आन्दोलन गर्नुपर्ने खाणले बताएका छन् ।

उनले अहिलेको संविधानलाई पनि अझै परिस्कृत गर्नुपर्ने बताएका छन् । उनले लोकतान्त्रिक व्यवस्थामा विभिन्न मागहरू आउने गरेको भन्दै त्यसलाई सम्बोधन गर्ने दायित्व पनि राजनीतिक नेतृत्वको रहेको बताए ।

दलित, महिला, मधेसी, कर्णाली, पिछडिएको वर्ग सबैको अधिकारलाई कांग्रेसले दिएको उनले बताए । राष्ट्रिय पार्टीहरूको भन्दा बढी समावेशी र अधिकार दिनेमा कांग्रेस अग्रपंक्तिमा रहेको खाणले बताए ।

महिलाहरूले अधिकारका लागि बेलाबेला आन्दोलन गर्नुपर्ने भन्दै नेता खाणले नेतृत्वलाई दवाव दिनुपर्ने बताए ।

उनले विगतमा कांग्रेसले नै अधिकार दिएको भन्दै अधिकारका लागि कतिपय स्थानमा आन्दोलन गर्नुपर्ने बताए ।

आन्दोलनले नेता उत्पादन गर्ने समेत नेता खाणले बताएका छन् । उनले कांग्रेसको सभापति हुन लागेका लागि महिलाहरूलाई शुभकामना पनि दिएका छन् ।

Published : Saturday, 2021 July 3, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया