देउवाको कुराले नेताहरूमा शक्ति प्रदान, सहमतिमा काम गर्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका केन्द्रीय सदस्य र पदाधिकारीहरूसँग परामर्श गरेका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा देउवाले शनिबार आफू निकटका नेताहरूसँग क्रियाशील सदस्यता वितरण र पार्टीको १४औँ महाधिवेशनका विषयमा परामर्श गरेका हुन् । उनले १४औँ महाधिवेशनमा जुट्न पनि निर्देशन दिएका छन् ।
सभापति देउवाले आफू निकट शीर्ष नेता, क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखक, सदस्यहरू आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि सहभागिता रहेको स्रोतले जनाएको छ ।
देउवाले महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने गरी काम गर्न छानविन समितिलाई निर्देशन दिएका छन् ।
देउवाले तोकिएको समयमा महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता भएकाले आफ्नो समूहबाट समितिमा रहेका नेताहरूलाई सहमतिमा क्रियाशील सदस्यता विवाद टुंग्याउन निर्देशन दिएका छन् ।
देउवा समूहमा रहेका उप–सभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक र सह–महामन्त्री सुनिल थापासहित राप्रपाबाट आएका नेता कार्यकर्तालाई दिने भनिएको क्रियाशील सदस्यको निर्धारित संख्या कार्यान्वयन गर्न पनि समितिलाई भनिएको छ ।
कांग्रेसले गच्छदारलाई २५ हजार र सहमहामन्त्री थापालाई १० हजार क्रियाशील सदस्यता दिने निर्णय गरेको थियो ।
छलफलमा उप–सभापतिद्वय विमलेन्द्र निधी र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद लगायका नेताहरूको पनि सहभागिता रहेको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया