ओलीको बैठकमा भ्रष्टाचारको मुद्धा खेप्दै आएका नेतादेखि नानाथरी अभियोग लागेकाहरू, को–को छन् ?
काठमाडौं । भ्रष्टाचारीको मुख पनि हेर्दैन भन्दै आएका प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले अध्यक्षता गरेको केन्द्रीय कमिटीको बैठकमा भ्रष्टाचार आरोप लागेका नेताहरू देखिएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्धा खेपीरहेका नेताहरूको पनि सहभागिता रहेको ओलीको निजी सचिवालयद्वारा सञ्चारमाध्यमहरूलाई पठाइएको तस्बिरमा देखिएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिशनको अडियो रेकर्ड सार्वजनिक भएपछि मन्त्री पद गुमाएका गोकुल बास्कोटाको पनि उपस्थिति रहेको थियो ।
भृकुटीमण्डपको फनपार्क ठेक्का लगाउने क्रममा करोडौँ रुपियाँ भ्रष्टाचार गरेको अभियोग लागेका पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपाने पनि बैठकमा देखिएका छन् ।
बालुवाटारको सरकारी जग्गा छोराको नाममा किनेर राखेका तथा आलोचना भएपछि सरकारलाई फिर्ता गरेका अर्थमन्त्री विष्णु पौडेल पनि बैठकमा उपस्थित रहेका थिए । अर्थमन्त्री पौडेल प्रधानमन्त्री ओलीसँगै मञ्चमा बसेका थिए ।
पूर्वमन्त्रीद्वय बास्कोटा र न्यौपाने केन्द्रीय सदस्यहरू बसेको कुर्सीमा बसेका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया