कांग्रेसका यी ‘छोरा’हरू धेरै चकचक गर्न थाले, रामचन्द्रले सातो लिएपछि खैलाबैला
काठमाडौं । विरासत थाम्नेभन्दै वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधीका छोराहरूले गुटको भेलालाई तीब्रता दिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाउँदै ब्रेक लगाइदिएका छन् ।
शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधीले शुक्रबारका लागि आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए । नेता पौडेलले गुटको बैठक राखेर के गर्न खोजिएको हो भनेर रिसाएपछि शुक्रबार हुने भनिएको गुटको भेला प्रभावित बनेको छ ।
टोखास्थित शशांक कोइरालाको निवासमा गुटको भेला राखिएको थियो । भेलामा मिलेर सभापतिमा एकजनालाई उम्मेदवार बनाउने विषयमा पनि छलफल हुने बताइएको थियो ।
सभापतिमा नेता पौडेलले पनि इच्छा जनाएका छन् । वीपी कोइरालाका छोरा शशांक कोइराला, गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र महेन्द्रनारायण निधीका छोरा विमलेन्द्र निधीले आफ्ना बुबाहरूको विरासत थाम्नेभन्दै सभापतिमा उम्मेदवार बन्ने बताएका छन् ।
उनीहरू तयारीबाट झस्किएका पौडेलले टोखा भेलाको औचित्य नरहेको भन्दै विरोध भएका छन् ।
निधीले सभापति शेरबहादुर देउवाको गुट त्यागेर १४औँ महाधिवेशनमा सभापतिको तयारीमा लागेका छन् । यी तीन नेतामध्ये निधी सबैभन्दा कमजोर मानिन्छन् । निधीकै कारण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसले ठूलो पराजय भोग्नु परेको थियो ।
एमालेका डीआईजी नवराज सिलवाललाई आईजीपी बनाउने काण्ड गरेपछि कांग्रेसको बदनाम भएर पराजय भोग्नुपरेको थियो ।
महामन्त्री बनेका शशांक कोइरालाले अहिलेसम्म पार्टीभित्र माखो मार्न पनि सकेका छैनन् । शशांक कोइरालाले आफ्नो कार्यकाल समाप्त गरेर १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भनेका छन् । उनले कहिल्यै पनि केन्द्रीय कार्यसमितिमा राजनीतिक प्रतिवेदन पेश गरेर कांग्रेसलाई नयाँ जीवन दिने प्रयास गरेनन् ।
प्रकाशमान सिंहले काठमाडौं उपत्यकाभन्दा बाहिर कांग्रेसका कार्यकर्ता छन् भनेर कहिल्यै सोँचेनन् । काठमाडौं उपत्यका छाड्न नरुचाउने सिंहले काठमाडौं जिल्लामा मात्रै पकड बनाएका छन् । १४औँ महाधिवेशनमा त्यो पकड पनि फुत्किने सम्भावना छ । सानो गुटभित्र रमाउने सिंहले पनि सभापतिमा उम्मेदवारी दिन खोजेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया