सर्वोच्चमा बहस चलिरहेका बेला ओलीद्वारा भण्डारीसँग भेट
काठमाडौं । चारैतिरबाट एक्लिएका कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
बिहीबार शीतल निवासमा भण्डारीसँग ओलीले भेटवार्ता गरेको उच्च स्रोतले जनाएको छ । भेट के विषयमा केन्द्रित थियो केही भनिएको छैन ।
प्रतिनिधि सभाको विघटन गर्ने निर्णय बदर गर्न माग गरेर सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल चलिरहेका बेला ओलीले भण्डारीसँग अचानक भेट गरेका छन् ।
ओलीको सिफारिसमा भण्डारीले प्रतिनिधि सभा दोस्रो पटक विघटन गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ । ओली र भण्डारीको यो निर्णय बदर गर्न नेपाली कांग्रेससहितका विपक्षी दलको माग छ ।
राष्ट्रिय सभाको बैठक पनि बिहीबार बस्दैछ । बैठकमा भण्डारीले सम्बोधन गर्ने जनाइएको छ ।
Published : Thursday, 2021 July 1, 2:19 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया