राणाको उपरथीमा पदोन्नति, प्रधानसेनापतिले दिए महानिर्देशनालयको जिम्मेवारी
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पाइलक उपरथी दर्जामा पदोन्नति भएका आशिष नरसिंह राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
शुक्रबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति थापाले राणालाई पाइलट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
पाइलट उपरथी दर्जामा पदोन्नति भएका पाइलट उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन पनि गरिएको छ ।
असार ७ गतेको नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयानुसार पाइलट सहायक रथी राणालाई पाइलट उपरथी दर्जामा पदोन्नति गरिएको थियो ।
Published : Friday, 2021 June 25, 11:50 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया