एमाले र थापालाई शुक्रबार कालोदिन सावित, ठाउँको ठाउँ शक्तिशाली निर्णय

पोखरा । गण्डकी प्रदेश सभाको सचिवालयले कम्युनिस्ट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संसदमा बहुमत नरहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ ।

मुख्यमन्त्री गुरुङले बिहीबारको मतदानमा विश्वासको मत गुमाएका थिए । बहुमतका लागि ३१ मत आवश्यक पर्नेमा गुरुङको पक्षमा २७ मत खसेको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख कार्यालयलाई पत्र पठाई शुक्रबार त्यसबारे जानकारी गराएको कांग्रेस प्रदेश सांसद विष्णु लामिछानेले जानकारी दिएका छन् ।

संसदको पत्रको आधारमा प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा (५) अनुसारको सरकार बनाउन अब आव्हान गर्नुपर्ने हुन्छ ।

उता, राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई गण्डकी प्रदेशको सांसद पदबाट पुनः हटाइएको छ ।

मुख्यमन्त्री गुरुङको विपक्षमा मतदान गर्न पार्टीले गरेको ह्विप उल्लंघन गरेपछि थापालाई दोस्रोपटक सांसदबाट हटाइएको हो । बिहीबारको मतदान प्रक्रियामा थापा तटस्थ बसेका थिए ।

जनमोर्चाको संसदीय दलले थापालाई हटाएको सूचना संसद सचिवालयमा दर्ता गरिएको थियो । थापालाई हटाइएको पत्र सभामुख नेत्रनाथ अधिकारीले संसदको शुक्रबारको बैठकमा पढेर सुनाएका थिए ।

सांसद पद गुमेपछि सर्वोच्चमा रिट दायर गरेका थापाले जेठ २३ मा पुनर्बहाली पाएका थिए । थापालाई हटाइएपछि विपक्षी गठबन्धनलाई बहुमत सिद्ध गर्न थप सहज भएको छ ।

थापालाई हटाइएपछि कूल सांसद संख्या ५९ भएको छ । बहुमतका लागि ३० सांसदले भए पुग्ने भएको छ । विपक्षी दलका ३० सांसदले बिहीबार मुख्यमन्त्री गुरुङका पक्षमा मतदान गरेका थिए ।

थापा कारबाहीमा परेपछि उक्त संख्याले गठबन्धनलाई बहुमत पुग्छ । शुक्रबार मुख्यमन्त्री गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद थापाका लागि कालोदिन सावित हुन पुगेको छ ।

गण्डकी प्रदेश सभाको संसद सचिवालयले गुरुङले विश्वासको मत पाउन नसकेको पत्र प्रदेश प्रमुखको कार्यालयमा दिएको छ । संसद सचिवालयले सांसद थापाको पद उडाइदिएको छ । दुबैका लागि शुक्रबार झट्का लाग्ने दिन भएको छ ।

Published : Friday, 2021 June 11, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया