देउवाकै शैलीमा नेपालीको शानदार वापसी, एमालेले मध्यराति यस्तो हर्कत गर्ने सम्भावना

पोखरा । एमालेको कम्युनिस्ट सरकार ढालेर नेपाली कांग्रेसले गण्डकी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन दाबी प्रस्तुत गरेको छ ।

नेपाली कांग्रेसका सांसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेश गरेका हुन् । नेपालीले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेको पत्रमा उल्लेख छ ।

नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले एमालेका नेता समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई बिहीबार ढालिदिएको थियो । मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन नसकेपछि एमालेको कम्युनिस्ट सरकार गर्ल्याम गुर्लुम ढलेको थियो ।

नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेर कांग्रेस नेता नेपालीले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका छन् ।

कांग्रेस नेता नेपालीले आफूहरू स–शरीर आएको भन्दै प्रदेश प्रमुख पौडेललाई हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन आग्रह गरेका जानकारी दिएका छन् ।

प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पु¥याएर निर्णय गर्ने बताएकी छिन् ।

कांग्रेस सांसद नेपालीले प्रदेश प्रमुखलाई छिटो निर्णय गर्न आग्रह गरेको बताएका छन् । प्रदेश प्रमुख पौडेलले शनिबार दाबीबारे हेरेर बोलाउने बताएको कांग्रेस नेता नेपालीले बताए ।

कांग्रेसका सांसदहरू कृष्णचन्द्र नेपाली पोखरेल, ओमकला गौतम, कुमार खड्का, कोपिला बोहोरा, चिन्तबहादुर घले, डोबाटे विश्वकर्मा, प्रकाशचन्द्र दवाडी, विन्दुकुमार थापा, भगवतीप्रकाश मल्ल, मणिभद्र शर्मा, मनकुमारी गुरुङ, मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, विष्णुप्रसाद लामिछाने र सरिता गुरुङ प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

माओवादी केन्द्रका हरिबहादुर चुमान, आशा कोइराला, गायत्री गुरुङ, चन्द्रबहादुर बुढा, दीपक कोइराला, दीपक थापा, दिलमाया रोका मगर गौतम, मधुमाया अधिकारी गुरुङ, रामजीप्रसाद बराल ‘जीवन’, लेखबहादुर थापा मगर र विनोद केसी प्रदेश प्रमुख कार्यालयमा पुगेका थिए ।

राष्ट्रिय जनमोर्चाका पियारी थापा र खिमविक्रम शाही, जनता समाजवादी पार्टी, नेपालका हरिशरण आचार्य र धनमाया लामा पोखरेल तथा स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे प्रदेश प्रमुखको कार्यालय पुगेर कांग्रेसका नेता नेपालीलाई मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले दाबी प्रस्तुत गरेपछि प्रदेश प्रमुख पौडेलले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुपर्नेमा शुक्रबार राति ९ बजेसम्म मुख्यमन्त्रीमा नियुक्त गरेकी छैनिन् ।

कांग्रेसले प्रदेश प्रमुख पौडेलले कसैको उक्साहटमा संविधान र लोकतन्त्र विरोधी हर्कत गरेर पानीमुनि गएपनि नछाड्ने चतावनी दिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ र एमालेले संसद विघटन गरेर मध्यावधी निर्वाचनमा जाने षड्यन्त्र गरेको आशंका कांग्रेसको छ ।

यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्र सरकार बनाउन सांसदहरूलाई स–शरीर उपस्थित बनाएर प्रधानमन्त्रीमा दाबी गरेका थिए । देउवाले विधि पुर्‍याएर प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री खड्गप्रसाद ओलीको उक्साहट र सिफारिसमा प्रतिनिधि सभा विघटन गरेका थिए ।

गण्डकी प्रदेशमा पनि नेपालीले देउवाको झल्को दिने गरेर सांसदहरूलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थिति गराएका छन् । गण्डकी प्रदेशमा पनि एमाले र मुख्यमन्त्री गुरुङको उक्साहटमा प्रदेश प्रमुख पौडेलले प्रदेश सभा विघटन गर्ने हुन् कि भनेर विभिन्न अड्कलवाजी भएका छन् ।

Published : Friday, 2021 June 11, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया