यी हुन् एमालेलाई तोरीको फूल देखाउने बास्तविक हीरो, मन्त्री पदलाई लात हाने
काठमाडौं । गण्डकी प्रदेशका कम्युनिस्ट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्नेवित्तिकै युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।
मनाएले राजीनामा दिएपछि एमालेहरूको ओठमुख सुकेको छ । बिहीबार बसेको गण्डकी प्रदेशको बैठकमा मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिएका गुरुङले मन्त्री पदलाई लात हानेका छन् । उनी संसदमा अनुपस्थित भएका थिए ।
मनाङेले बिहीबारबाट लागू हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन् ।
मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको दीपक मनाङेले बताएका छन् ।
राजीनामा पत्रमा उनले आफू बिहीबारको संसद् बैठकमा अनुपस्थित हुनुको कारण पनि खुलाएका छन् ।
विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आफू बिहीबारको बैठकमा अनपुपस्थित भएको मनाङेले उल्लेख गरेका छन् ।
यसअघि, गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । गण्डकी प्रदेश सभा बैठकमा बिहीबार विश्वासको मतमाथि मतदान भएको थियो ।
प्रस्तावको पक्षमा अर्थात मुख्यमन्त्री गुरुङलाई जम्मा २७ मत परेको थियो । विपक्षमा अर्थात नेपाली कांग्रेससहितका विपक्षी दलहरूको गठबन्धनमा ३० परेको थियो । योसँग एमाले नेतृत्वका गण्डकी प्रदेशको सरकार ढलेको छ ।
उता, मनाङले आफू स्वच्छाले बिहीबारको प्रदेशसभा बैठकमा नआएको बताएका छन् ।
बिहीबार राति पोखराको सांग्रिला होटेलमा बसेका मनाङेले संसद् विघटन गर्नेलाई आफूले साथ नदिने बताएका थिए ।
मन्त्री मनाङे हराएको भन्दै मुख्यमन्त्रीको कार्यालयले प्रहरीमा निवेदन दिएपछि प्रहरी उनलाई खोज्दै सांग्रिला होटेल पुगेको थियो ।
मनाङेले प्रहरीलाई मुख्यमन्त्री कार्यालयले हराएको भनेपछि मलाई हैन मुख्यमन्त्रीलाई समाउन जानुहोस् भन्ने जवाफ दिएका थिए ।
त्यसैगरी, मनाङेले प्रधानमन्त्री खड्गप्रसाद ओलीको शैलीमा गण्डकी प्रदेशमा पनि सरकार चलाउन खोजेको भन्दै आक्रोश पोखेका छन् ।
मनाङेले ओलीलाई आपको रुखभन्दै मुख्यमन्त्री गुरुङलाई आँपको संज्ञा दिएका छन् । मनाङेले संसद विघटन गर्ने एमाले र मुख्यमन्त्री गुरुङको हर्कतको विरोध गरेका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया