मन्त्री यादवले जिम्मेवारी सम्हाले, टिमवर्क बनाएर काम गर्ने
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले जिम्मेवारी सम्हालेका छन् ।
बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा मन्त्री यादवले जिम्मेवारी सम्हालेका हुन् । शीतल निवासमा मन्त्री पदको शपथ लिएपछि यादवले कार्यकक्षमा जिम्मेवारी सम्हालेका थिए ।
मन्त्री यादवलाई मन्त्रालयका सचिव, कर्मचारी र शुभेच्छुकहरूले स्वागत गरेका थिए ।
कार्यभार सम्हालेपछि मन्त्री यादवले पत्रकारहरूसँग कुरा गर्दै औद्योगिक क्षेत्रहरूलाई राज्यसँग जोडेर अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।
उनले औद्योगिक क्षेत्रहरू हाल समस्याग्रस्त र चिन्ताग्रस्त अवस्थामा रहेको भन्दै तिनीहरूलाई राज्यसँग जोडेर अभिभावक छ भन्नेकुराको अनुभूति गराउने बताए ।
मन्त्री यादवले कोरोना महामारीले उद्योग व्यवसाय समस्याग्रस्त भएका बेला त्यसलाई माथि उकास्न ठूलो चुनौती र अवसर दुबै रहेको बताए ।
‘औद्योगिक क्षेत्रहरू समस्याग्रस्त, चिन्ताजनक अवस्थामा छन् । तिनीहरूलाई राज्यसँग जोडेर अभिभावक छ भन्ने अनुभूति गराउनु छ’, उनले भने, ‘चुनौतीलाई अवसरको रुपमा परिणत गर्नुपर्छ ।’
मन्त्री यादवले आफ्नो मन्त्रालयमा टिमवर्कले काम गर्ने बताएका छन् । उनले अरु मन्त्रालयको भन्दा छुट्टै र अरुको भन्दा राम्रो थिती निर्माण गर्न पनि कर्मचारीहरूसँग आग्रह गरेका छन् ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)का वरिष्ठ नेता यादवले यसअघि सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया