ओलीले अचानक भण्डारीलाई भेटे

काठमाडौं । कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

सबै सुतेका बेला मध्यराति प्रतिनिधि सभा विघटन गरेपछि आलोचित बनेकी भण्डारी र ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको हो । भेटमा के–के कुराकानी भएको ओली र भण्डारीको सचिवालयले केही भनेको छैन ।

प्रतिनिधि सभा विघटनको रिटमा सर्वोच्च अदालतमा बहस शुरु भएको छ । एमालेभित्रको विवाद चरम उत्कर्षमा रहेको छ ।

यस्तो पार्टीभित्रैबाट असहयोग भएपछि तनावमा परेका ओलीले भण्डारीसँग भेट गरेका हुन् ।

ओलीले चुरे दोहोन गरेर गिट्टी, बालुवा, ढुंगा भारतमा निकासी गर्ने निर्णय गरेर आलोचित बनेका छन् ।

भण्डारीले ओलीको हितमा एमालेको नेता बनेर संविधान विपरितका कार्यहरू गर्दै आएको आरोप लाग्दै आएको छ ।

Published : Wednesday, 2021 June 9, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया