कांग्रेस नेता पाण्डे र खत्रीले एम्बुलेन्सहरू लाइन लगाएर वितरण, गोरखामा विरोधीहरू मुर्छित
गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नगरपालिका र गाउँपालिकाहरूलाई छ वटा एम्बुलेन्स र स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन् ।
कांग्रेसका युवा नेता एवम् पर्यटन व्यवसायी प्रेमकुमार खत्रीले एम्बुलेन्स र स्वास्थ्य सामग्रीहरू दिएका हुन् ।
कोरोनाभाइरसको महामारीका बेला जनताको जीवन बचाउन र उपचारमा सहयोग होस् भनेर पर्यटन व्यवसायी खत्रीले एम्बुलेन्स र स्वास्थ्य सामग्रीहरू कांग्रेस केन्द्रीय सदस्य पाण्डेमार्फत स्थानीय तहहरूलाई प्रदान गरेका छन् ।
कांग्रेसका युवा नेता खत्री गोरखा जिल्ला निवासी हुन् । खत्रीले आफ्नो ‘सम्भवन नेपाल’ नामक संस्थाबाट ६ वटा एम्बुलेन्स र स्वाथ्य सामग्रीहरू उपलब्ध गराएका हुन् ।
कांग्रेस नेता पाण्डेले कोरोना महामारीका बेला सबै मिलेर जनताको जीवन रक्षा गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा मिलेर कोरोनाविरुद्धको लडाइँ जित्ने भन्दै स्वास्थ्य मापदण्ड अपानाउन अनुरोध गरे । उनले एम्बुलेन्स र स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउने युवा व्यवसायी एवम् कांग्रेसका युवा नेता खत्रीलाई विशेष धन्यावाद दिएका छन् ।
नेता पाण्डेले अलिहेको परिस्थितिमा आवस्यकता अनुसारको साधन र सामग्री सहयोग गरेको भन्दै कुनै पनि हालतमा यसको दुरुपयोग हुने अवस्था आउन नदिन स्थानीय तहलाई आग्रह समेत गरेका छन् ।
पाण्डेले गोरखाका अन्य स्थानीय तहलाई समेत एम्बुलेन्स लगायतका साधन र सामाग्रीको आवस्यकता रहेको बताए । उनले हातेमालो गर्न र सहयोग गर्न संस्थालाई आग्रह गरेका छन् ।
कांग्रेस नेता खत्रीले आफ्नो जन्मभस्म गोरखामा सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
गोरखा नगरपालिकाको कार्यालयमा बुधबार भएको कार्यक्रममा कांग्रेस नेता पाण्डेका साथै युवा नेता खत्री, गोरखा नगरपालिका नगर प्रमुख राजराज पन्त, शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे, गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङ, गोरखा नगरपालिकाकी उप–प्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललगायतको उपस्थिति रहेको थियो ।
गोरखा नगरपालिका–२ वटा एम्बुलेन्स पाएको छ । गण्डकी गाउँपालिकाले १, शहीद लखन गाउँपालिका–७ बुङकोट स्वास्थ्य चौकीले एउटा एम्बुलेन्स, भीमसेन थापा गाउँपालिकाले एउटा र धार्चे गाउँपालिकाले एउटा एम्बुलेन्स पाएका छन् ।
एम्बुलेन्ससँगै ६ थान अक्सिजन सिलिण्ड, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम, ८ सय लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, १ सय पिस अक्सिमटिर, पीपीई सेट, फेससिल्डलगायतका स्वास्थ्य सामग्री पनि कांग्रेस केन्द्रीय सदस्य पाण्डेले हस्तान्तरण गरेका छन् ।
पर्यटन व्यवसायी एवम् कांग्रेसका युवा नेता खत्रीले यसअघि पनि गोरखा जिल्लामा विभिन्न सहयोग गर्दै आएका छन् । जिल्लाबासीहरूको सेवामा खत्रीले आफूलाई सधैँ समर्पित गर्दै आएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य पाण्डेमार्फत व्यवसायी खत्रीले एम्बुलेन्ससहित स्वास्थ्य सामग्री समेत गरेर एक करोडभन्दा धेरैको सामग्री हस्तान्तरण गरेपछि कम्युनिस्ट र कांग्रेसको भलो नचाहने तत्वहरूलाई तनाब भएको छ ।
कांग्रेस विरोधी अवसरवादी तत्वहरूलाई एम्बुलेन्स र स्वास्थ्य सामग्रीहरू निःशुल्क वितरण गरेको मन परेको छैन ।








बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया