पूर्वतिर कम्युनिस्टले भाँडभैलो मच्चाएपछि कांग्रेसद्वारा भण्डाफोर
विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट प्रदेश सरकारले खोपको दुरुपयोग गरेको आरोप लगाएको छ ।
आइतबार विज्ञप्ति जारी गरेर नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोपको दुरुपयोग भइरहेको आरोप लगाएका हुन् ।
कार्कीले खोप अभियानलाई प्राथमिकता दिनुको साटो भनसुनका आधारमा पहुँच भएकाहरूलाई मात्रै लगाएर अनाधिकृत रूपमा खोपको दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
कोभिड–१९ विरुद्धको खोप अभियानलाई प्राथमिकता दिनुको साटो प्रदेशमा मुख्यन्त्री, मन्त्री र माथिल्लो दर्जाका कर्मचारीले भनसुनका भरमा आफ्ना निकटका मानिसहरूलाई मात्रै खोप लगाउने काम भइरहेको आरोप कांग्रेसको छ ।
मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख निवास, मन्त्रालय र मन्त्री निवासमा आफ्ना पार्टीका नेता–कार्यकर्तालगायत आफ्ना नातागोतालाई खोप लगाउने गरिएको कार्कीको आरोप छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया