नेविसंघको प्रदर्शनले ओली सरकारको टाउको दुख्यो, उर्मिलाले सम्हालिन् कमाण्ड
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमनविरुद्ध काठमाडौंमा राँके जुलुस निकालेको छ ।
नेविसंघीक महामन्त्री उर्मिला थपलियाको नेतृत्वमा कलंकीमा आइतबार साँझ नेविसंघका कार्यकर्ताहरूले ओली–भण्डारीको विरोधमा राँके जुलुस निकालेका हुन् ।
ओली–भण्डारीको प्रतिगमन र प्रतिनिधिसभा विघटन गर्ने हर्कतको विरोधमा राँके जुलुस र पुत्ला दहन गरिएको महामन्त्री थपलियाले जानकारी दिइन् ।
महामन्त्री थपलियाले ओली–भण्डारीको असंवैधानिक कदमविरुद्ध नेविसंघले सशक्त प्रतिवाद गर्ने बताएकी छिन् ।
नेविसंघको राँके जुलुस र ओली–भण्डारीको पुत्ला दहनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रदर्शनका क्रममा स्वास्थ्य मापदण्ड अपनाएर थोरैको संख्यामा प्रदर्शन गरिएको महामन्त्री थपलियाले बताएकी छिन् । ‘कोरोनाको महामारी छ । यस्तो अवस्थामा संविधानको रक्षाका लागि नेविसंघ सडकमा आउनु परेको छ’, उनले भनेकी छिन्, ‘हामीले स्वास्थ्य मापदण्ड अपनाएर ओली–भण्डारीविरुद्ध प्रदर्शन गरेका छौँ ।’
ओलीको सिफारिसमा भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेकी थिइन् ।
नेविसंघले निरन्तर ओली–भण्डारीविरुद्ध प्रदर्शन गर्दै आएको छ । नेविसंघको विरोध प्रदर्शनबाट ओली सरकारलाई तनाब भएको छ ।
ओली–भण्डारीको कदमको विरोधमा एमालेको ओली गुट र महन्थ ठाकुर–राजेन्द्र महतोको समूह बाहेक सबैले विरोध गरेका छन् ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया