कांग्रेस नेता बस्नेतद्वारा मेलम्ची आसपासका नगर र गाउँपालिकाहरूमा स्वास्थ्य सामग्री वितरण
रामचन्द्र दुलाल
मेलम्ची । ‘पहिला जनता बचाउँ राजनीति पछि गरौंला’ भन्ने मूल मर्मका साथ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मोहनबहादुर बस्नेतले गृहजिल्ला सिन्धुपाल्चोकको मेलम्ची आसपासमा स्वास्थ्य सामग्रीहरू वितरण गरेका छन् ।
कांग्रेस नेता बस्नेतले आइतबार मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, ईन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पालकोट गाउँपालिकाका प्रत्येक वडाहरूलाई १ हजारका दरले मास्कसहितका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
उनले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ सय मास्क, ५ थान पीपीई सेट, २ लिटर सेनिटाईजर हस्तान्तरण गरेका छन् ।
मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई १० थान आईसोलेसन बेड र १० थान ४० लिटरको अक्सिजन सिलिन्डरको व्यवस्थापन गरिने नेता बस्नेतले बताएका छन् ।
उनले जिल्लाका विभिन्न स्वास्थ्य संस्था र अस्पतालहरूमा आपतकालीन सेवा सञ्चालन गर्नुका साथै स्वास्थ्य सामग्री र समस्यामा परेका मजदुर र अति विपन्न परिवारलाई खाद्यान्नहरू वितरण गर्दै आएका छन् ।
बाह्रबीसेको अरनिको कलेज, सदाबहार अस्पताल खाडीचौर, चौतारा अस्पताल, मेलम्ची अस्पताल, नवलपुर अस्पताल, जलबीरे अस्पताल, नेपाल–चीनको सीमा क्षेत्रमा पर्ने चाकु बजार लगायत विभिन्न ठाउँबाट हालमा अस्थायी रुपमा आवश्यकता अनुसार अक्सिजन सिलिन्डर र बेडहरू राखेर निःशुल्क उपचार सेवा सञ्चालन गरिनेछ ।
अस्थायी सेवाको लागि उपयुक्त स्थल नभएको अवस्थामा उच्चस्तरीय टेण्टमा राखेर भए पनि तत्कालका लागि कोरोना संक्रमितहरूको उपचार गरिने नेता बस्नेतले बताएका छन् ।
दीर्घकालीन एवम् स्थाई रुपमा भने सुनकोशी गाउँपालिका– ६ मा रहेको थुम्पाखर खेल मैदानमा कोरोना लगायत अन्य सरुवा रोग उपचार केन्द्र खोलिनेछ ।
कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा अक्सिजन प्लान्टसहितको दीर्घकालीन योजना अगाडि बढाएका छन् ।
अक्सिजन प्लान्ट निर्माणमा सुनकोशी गाउँपालिका, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड, क्षमादेवी ग्रुपका राजकुमार बस्नेत र नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय सदस्य पासाङ नोर्बु लामा लगायत अन्य विभिन्न क्षेत्रको लगानी रहने गरि बजेट व्यवस्थापन भइसकेको छ ।
अक्सिजन प्लान्टका लागि आवश्यक सामग्री अर्डर गरिएको छ । नेता बस्नेतले अक्सिजनकै कारण जनताले जीवन गुमाउन नपरोस् भनेर अक्सिजन प्लान्ट स्थापना गर्न लागेका छन् ।
उनले कोरोना संक्रमितको उपचारमा यातायातको अभाव नहोस् भनेर ५ वटा गाडीलाई २४ घण्टा एम्बुलेन्सको रुपमा हाइअलर्टमा राखेका छन् ।
स्वास्थ्य सुरक्षा मात्र नभई समस्यामा परेका मजदुर र अति विपन्न परिवारलाई खाद्य सामग्री पनि आवश्यतानुसार वितरण गरिरहेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया