काठमाडौंमै नेविसंघले ओली–भण्डारीलाई गोबर छ्याप्यो, त्रिपाठीसँग डरायो अधिनाकवादी सरकार

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविस)ले प्रतिनिधि सभा विघटन गरेको विरोधमा प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरमा गोबर ह्यापेको छ ।

नेविसंघका नेता नवराज त्रिपाठीले आइतबार काठमाडौंमा ओली र भण्डारीको तस्वीरमा गोबर छ्यापेर विरोध जनाएका हुन् ।

त्रिपाठीले बानेश्वरमा ओली र भण्डारीको तस्वीरमा गोबर छ्यापेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिएका छन् ।

ओली–भण्डारीले संविधान उल्लंघन गरेर देशलाई संकटमा धकेलेको आरोप नेविसंघले लगाएको छ ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार नेविसंघका नेता त्रिपाठीलाई पक्राउ गरेर प्रहरीले अधिनायकवादी शैली अपनाएको अध्यक्ष राजीव ढुंगानाले जनाएका छन् ।

अध्यक्ष ढुंगानाले पक्राउ परेका त्रिपाठीलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । त्रिपाठीलाई रिहाइ नगरे थप आन्दोलन गर्ने चेतावनी ढुंगनाले दिएका छन् ।

Published : Sunday, 2021 May 23, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया