ओलीले बनाए संविधान संशोधन गर्न कार्यदल, ठाकुर–महतो खुसी
काठमाडौं । संविधान संशोधन गर्नका लागि सरकार र महन्थ ठाकुर–राजेन्द्र महतो समूहबीच पाँच सदस्यी कार्यदल बनेको छ ।
कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, कृष्णभक्त पोखरेल र प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । ठाकुर–महतोको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् बैठकबाट ठाकुर–महतोको माग बमोजिम विदेशी नागरिकका सन्तानलाई आमाबाबु दुबै नेपाली भए वंशजका आधारमा नागरिकता लिन दिने अध्यादेश ल्याउने निर्णय गराएका थिए ।
Published : Friday, 2021 May 21, 12:47 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया