कांग्रेसद्वारा राष्ट्रपतिलाई महाअभियोग लगाएर अपदस्त गर्न प्रस्ताव, ओलीका दिन पनि गए
काठमाडौं । संविधानको उल्लंघन गरेर मुलुकलाई राजनीतिक अस्थिरतामा लगेको भन्दै नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बर्खास्त गर्न प्रस्ताव गरेको छ ।
काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको पदाधिकारीहरूको बैठकले भण्डारीले संविधानको रक्षा गर्नुपर्ने भन्दा पनि संविधानको भक्षक भएको आरोप कांग्रेसले लगाएको छ ।
राष्ट्रपति भण्डारीद्वारा पटक–पटक संविधानका उल्लंघन गरेको भन्दै कांग्रेसले महाअभियोग लगाउने विषयमा अन्य दलहरूसँग परामर्श गर्ने निर्णय गरेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीहरूले एक स्वरमा राष्ट्रपति भण्डारीलाई महाअधियोग लगाउनुपर्ने धारणा राखेको डा.महतले बताएका छन् ।
पदाधिकारी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने धारणा आएको डा.महतले बताएका छन् । कांग्रेसले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनेदेखि ओलीलाई हटाउने विषयमा अन्य दलहरूसँग परामर्श गरेर उपयुक्त निर्णय लिइने उनले बताए ।
कांग्रेसले राष्ट्रपति भण्डारीले बिहीबार साँझ संविधानको धारा ७६ (५) अनुरुप नयाँ सरकार गठन गर्न गरेको आह्वान असंवैधानिक र अलोकतान्त्रिक भएको पनि कांग्रेसको ठहर छ ।
संविधान उल्लंघन र राजनीतिक अस्थिरता ल्याएर मुलुकलाई अस्तव्यस्त बनाउने कार्य गरेको भन्दै कांग्रेसले सरकार बनाउन दिइएको २१ घण्टाको समयमाथि पनि आशंका उब्जिएको डा.महतले बताएका छन् ।
धारा ७६(५)को सरकार बनाउन प्रधामन्त्रीले कि विश्वासको मत लिनु पर्ने कि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने व्यवस्था रहेकोमा दुर्व नभई विज्ञप्ति जारी गर्नु असंवैधानिक रहेको भन्ने ठहर बैठकको रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया