ओलीले प्रधानमन्त्री पदबाट हात उठाए, भण्डारीले कुर्सी बचाइदिन यस्तो पत्र जारी गरिन्

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली विश्वासको मत लिन नसक्ने भन्दै हात उठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २४ घण्टाभित्र नयाँ सरकार बनाउन आह्वान गरेकी छिन् ।

भण्डारीले बिहीबार साँझ विज्ञप्ति जारी गरेर संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

आधार प्रस्तुत गरेपछि भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा )२) बमोजिमको प्रतिनिधि सभा सदस्यलाई आह्वान गरेकी हुन् ।

ओलीले संविधानको धारा ७६ को उपधारा (३) बमोजिम विश्वासको मत लिन नसक्ने भन्दै मन्त्रिपरिषदको बिहीबारको बैठकबाट निर्णय गराएर राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

ओलीको सोही सिफारिसका आधारमा भण्डारीले २४ घण्टाको छाटो समय दिएर प्रधानमन्त्रीमा दाबी गर्न भनेकी छिन् ।

कानूनका जानकारहरूले ओलीको प्रधानमन्त्रीको कुर्सी बचाइदिन भण्डारीले छोटो समय दिए नयाँ प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेको भन्दै आलोचना गरेका छन् ।

Published : Thursday, 2021 May 20, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया