कांग्रेसको उजुरीले ओली र उनका मन्त्रीलाई तनाव, हैसियत भुल्नेहरूलाई सबक सिकाउने
काठमाडौं । नेपाली कांग्रेस संसदी दलले प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले कारबाहीको माग गरेर निर्वाचन आयोगमा उजुरी दिइएको जानकारी दिए ।
कांग्रेसले भनेको छ, ‘बाग्मती प्रदेश राष्ट्रिय सभा उन–निर्वाचनको मौन अवधिमा निर्वाचन आचारंहिता उल्लंघन गरि प्रधानमन्त्री खड्गप्रसाद ओलीले मत माग्ने वक्तव्य दिनुभएकोप्रति संसदीय दल कार्यसमितिको यो बैठक घोर भर्त्सना गर्दछ ।’
‘निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरित कार्य गर्ने जो कोहीलाई कारबाही गर्न यो बैठक जोडदार माग गर्दछ’, कांग्रेसले बुधबारको संसदीय दल कार्यसमितिको निर्णयबारे आयोगलाई जानकारी गराउँदै ओलीलाई कारबाहीको माग गरेको छ ।
‘निर्वाचन आचारसंहिता पालना गर्नु हामी सबैको सझा कर्तव् हो । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो’, कांग्रेसले उजुरीमा भनेको छ, ‘आचारसंहिता विपरित सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरूलाई अपील गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित विर्नाचन आधारभूत सिद्धान्त विपरित भएको छ ।’
निर्वाचन आचारसंहिताले मतदान हुनुपूर्व ४८ घण्टालाई मौन अवधिको समय तोकेको छ ।
‘यस अवधिमा निर्वाचन प्रचार प्रसार, सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट समेत मत माग्न निषेध गरेको छ’, ओलीविरुद्ध आयोगमा दर्ता भएको उजुरीमा उल्लेख छ, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीले एमाले पार्टीको अध्यक्षको हैसियतले र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपीलमार्फत मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकाले निर्वाचन आचारसंहितको ठाडो उल्लंघन भएको छ ।’
ओलीले पदीय मर्यादालाई ख्याल नगरेर आफ्नो पार्टीका उम्मेदवारलाई भोट मागेको थिए । उनले भोट नदिने मतदाताहरूलाई कारबाहीको धम्की समेत दिएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया