आकस्मिक रुपमा ओलीले बोलाए दुई वटा बैठक, यस्तो छ तयारी

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक विवादका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेत बैठकमा संसदको बैठक र विश्वासको मत लिने विषयमा छलफल हुनेछ ।

स्थायीका एक स्थायी कमिटी सदस्यका अनुसार नीति तथा कार्यक्रम र वजेट ल्याउनभन्दा अगाडि विश्वासको मत लिने विषयमा पनि छलफल हुन सक्नेछ ।

प्रधानमन्त्री ओली प्रधानमन्त्री बनेपछि विश्वासको मत लिएका छैनन् । संवैधानिक व्यवसथाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

विश्वासको मत लिएर मात्रै वजेट ल्याउन सुझाव आएपछि ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको बुझाएको छ ।

पार्टीभित्रको विवाद मिलाउने विषयमा पनि छलफल हुन सक्ने जनाइएको छ । वरिष्ठ नेता माधव नेपाल समूहले विभिन्न बखेडा गर्दै आएको छ ।

यसैबीच, ओलीले आजै नै मन्त्रिपरिषदको बैठक बोलाएका छन् । ओलीले साढे दुई बजे बालुवाटारमै मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद बैठकबाट संसदको विशेष अधिवेशन बोलाउन सिफारिस गरेर विश्वासको मत लिने निर्णय गर्न सक्ने एक मन्त्रीले बोलाए ।

Published : Thursday, 2021 May 20, 10:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया