रानीमहल होटेलको कोठामा २२ वर्षीया युवतीको शव

तानसेन । पाल्पा जिल्लाको रानीमहल होटल एण्ड रेष्टुरेन्टमा एक जना युवती झण्डिएको अवस्थामा फेला परेकी छिन् ।

आइतबार बिहान ६ बजे तानसेन नगरपालिका– १२ अउलस्थित रानीमहल होटल एवण्ड रेष्टुरेन्टको कोठाभित्र २२ वर्षीया रुपा पराजुली झण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

रुपा पराजुली घरदेखि अन्दाजी १० मिटर टाढा रहेको आफ्नै रानीमहल होटल एण्ड रेष्टुरेन्टको कोठाभित्र नाम्लोको डोरीको पासो लगाई झुण्डिई मृत अबस्था फेला परेको भट्टराईले बताए ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान कार्य शुरु गरेको छ ।

Published : Sunday, 2021 May 16, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया