महेश बस्नेत एमालेको अपहरण विभागको प्रमुख भएको खुलासा, कम्युनिस्टको नाक भाँच्चियो

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का युवा नेता एवम् बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेले सत्तारुढ एमालेले अपहरण विभाग बनाएको खुलासा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत पाण्डेले अपहरण विभागको प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतलाई दिएको दाबी गरेका छन् ।

‘एमालेका अपहरण विभाग प्रमुखले भनेजस्तो बाबुराम भट्टराई र केपी ओलीबीचको भेट राति १ बजे भएको हैन’, पाण्डेले भनेका छन्, ‘एकपटक बेलुका ५ बजे र एकपटक बेलुका ७ बजे भेट भएको हो ।’

‘अराजनीतिक तत्वले छर्ने भ्रममा कोही पनि नपर्नु होला’, पाण्डेले भनेका छन्, ‘पत्रकार मित्रहरूको प्रधानमन्त्रीसँग भेट भइराख्छ, मेसो पर्दा सिधै प्रधानमन्त्रीसँग नै सोध्नु होला ।’

‘भेट्घाट हुँदा के कुरा भएको थियो उहाँले पनि भन्नुहोला’, पाण्डेले भनेका छन् ।

‘बाबुराम भट्टराईले २ पटक भेटेर पहल गर्न खोजेको कुरा यत्ति हो की – देउवाको नाममा पनि बहुमत नपुग्ने, साथै वर्तमान र पूर्वप्रधानमन्त्री कसैको पनि नाममा राष्ट्रिय सहमति नबन्ने स्थिति भएको हुँदा एकपटक राष्ट्रिय सहमति कसरी बन्छ त्यसबारेमा अन्तिम कोशिस गरौं भन्ने मात्रै हो ।’

‘पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्री बाहेकको व्यक्तिले सरकारको नेतृत्व गर्ने गरी सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाऔं भनेर प्रधानमन्त्रीसँग उहाँले प्रस्ताव राख्नुभएको थियो’, उनले भनेका छन् ।

‘योबाहेक अरु केही कुरा भएको छैन, र÷ वा÷किन्तु÷परन्तुको कुरै छैन’, पाण्डेले भनेका छन् ।

एमालेका नेता बस्नेतले एउटा अन्तर्वार्तामा ओलीसँग प्रधानमन्त्री बन्न मध्यराति १ बजे भट्टराईले दुई पटक भेट गरेको खुलासा गरेपछि सहयोगी पाण्डेले भेटेको स्वीकार गर्दै बस्नेतको आरोपहरूको खण्ड गरेका छन् ।

Published : Sunday, 2021 May 16, 11:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया