स्व.गच्छदारप्रति सभापति देउवा र प्रमुख सचेतक खाणद्वारा श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति एवं नेपाल सरकारका पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको निधन भएकोमा सभापति शेरबहादुर देउवा र संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले गहिरो दुःख व्यक्त गरेका छन् ।
देउवा र खाणले शनिबार अलग–अलग शोक वक्तव्य जारी गरेर उप–सभापति गच्छदार र उनको परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।
शनिबार बिहान ०४ः४५ बजे काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन निर्मला गच्छदारको निधन भएको थियो ।
‘स्वर्गीय गच्छदार लामो समयदेखि कलेजो सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो’, शोक वक्तव्यमा भनिएको छ, ‘यसअघि उहाँलाई भारतको नयाँदिल्लीस्थित सर गंगाराम अस्पतालमा लगेर समेत उपचार गरिएको थियो ।’
पिता भक्तचरण श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठको सुपुत्रीका रुपमा वि.सं. २०१७ जेठ १५ गते सिन्धुपाल्चोक जिल्लाको चौतरामा जन्मिएकी स्वर्गीय गच्छदारले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय योगदान पुर्याएकी थिइन् ।
स्वर्गीय गच्छदारको श्रीमान्, छोराहरू सुमन, सुभाष र छोरी रिना गच्छदार छन् ।
देउवाले निर्मला गच्छदारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको निधनको खबरले दुखित र मर्माहत भएको छु ।’
‘नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा स्वर्गीय गच्छदारले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, देउवाले भने, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै विजयजी लगायत शोकाकूल परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
संसदीय दलका प्रमुख सचेतक खाँणले शोक वक्तव्यमा भनेका छन्, ‘निर्मला गच्छदारको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।’
‘दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ’, खाणले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया