बालुवाटार पुगेर ओलीले बोलाए मन्त्रीहरू, संसदबारे बोल्ड निर्णय

काठमाडौं । सरकार ढल्नेवित्तिकै प्रधानमन्त्री खड्ग्रप्रसाद ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

ओलीले सोमबार साँझ बालुवाटारमा बैठक राखेर विश्वासको मत पाउन नसकेको र भावी रणनीतिका विषयमा मन्त्रीहरूसँग छलफल गरेका हुन् ।

ओलीले प्रतिनिधि सभाको विशेष अधिवेशनलाई अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेका छन् ।

संसदबाट ओलीले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको छ । ओलीले सम्भवत शीलत निवासमा आजै पुगेर राष्ट्रपति समक्ष राजीनामा बुझाउनेछन् ।

संसदको बैठक वैशाख ३० गते १ बजेसम्मका लागि स्थगित भएको थियो ।

Published : Monday, 2021 May 10, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया