जनमोर्चाले पनि दिएन ओलीलाई विश्वासको मत
काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने बताएकी छिन् ।
सांसद पौडेलले ओलीलाई विश्वासको मत नदिने बताइन् । प्रतिनिधि सभाको सोमबारको विशेष बैठकमा बोल्दै पौडेलले ओली सरकारको आलोचना गरेकी छिन् । उनले ओली सरकारलाई विश्वासको मत नदिने बताएकी छिन् ।
ओलीले संसद भङ्ग गरेर अवैधानिक र स्वयच्छाचारी कदम चालेको भन्दै क्रमभङ्गता तोडेर जानुपर्ने उनले बताएकी छिन् ।
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकार असफल भएको उनले बताएकी छिन् । उनले कोरोनाका संक्रमितको समयमा उपचार हुन नसक्दा ज्यान गएको बताइन् ।
खोप, औषधि, बेड नपाएको सांसद पौडेलले बताएकी छिन् । उनले कोरोनाविरुद्धको खोप खरिदमा कमिशनलाई लिए भ्रष्टाचार भएको भन्दै स्वास्थ्य सामग्री खरिदका दोषीलाई कारबाहीको माग गरेकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया