उपेन्द्र यादवले पनि एमाले सरकारलाई ‘लोप्पा’ खुवाइदिए, ओली समूह दिक्क
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवम् सांसद उपेन्द्र यादवले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई संघीयता र विकास विरोधीको आरोप लगाउँदै विश्वासको मत नदिने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको विशेष बैठकमा सम्बोधन गर्दै यादवले ओलीलाई विश्वासको मतलाई मत नदिने बताए । उनले जसपाका सांसदहरूले विश्वासको प्रस्तावको विरुद्धमा मतदान गर्ने बताए । उनले ओली सरकारको विकल्प खोज्ने सहमति भएको बताए ।
जसपाका सांसद यादवले कोरोना महामारी फैलाउनुमा सबैभन्दा ठूलो भूमिका ओली सरकारको रहेको आरोप लगाए । उनले विश्व स्वास्थ्य संगठनले दोस्रो चरणको संक्रमण फैलिने चेतावनी दिएका बेला चितवनमा अयोध्या बनाउन र रथयात्रा गर्न गएको भन्दै आलोचना गरे । उनले भने, ‘कोरोना नियन्त्रण गर्ने बेला सरकारको ध्यान अयोध्या बनाउनेतिर र रथयात्रामा गएको छ ।’
मधेसी आन्दोलनका बेला सबैभन्दा धेरै मधेसीलाई ओलीकै सरकारका पालमा झुठ्ठा मुद्धाहरू लगाइएको उनले बताए । यादवले ओलीले संविधान संशोधनको गीत किन गाएको हो भनेर प्रश्न गरेका छन् । संविधान संशोधनको प्रस्ताव संसदमा पेश भएका बेला ओली र ओलीकै दल एमालेका कारण संसदबाट पारित हुन नसकेको बताए ।
ओलीले मधेसीहरूलाई सधैँ हेच्याउने, हेप्ने, पाकेको आँप भन्ने, विहारी भन्ने जस्ता कार्य गरेको आरोप अध्यक्ष यादवले लगाए । उनले नागरिकताको समस्यालाई ओली र एमालेले रोकेको आरोप पनि लगाए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया