तनाबमा परेका ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं । विश्वासको मत लिनुभन्दा दुई दिन अगाडि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

बैठक शनिबार ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयका विषयमा छलफल हुनेछ ।

ओलीले बैठकमा सरकारलाई कसरी बचाउने भन्नेबारेमा पनि छलफल गर्न सक्ने बताइएको छ । एक जना मन्त्रीले भने, ‘वैशाख २७ गते विश्वासको मत लिने तयारी छ । सायद त्यही विषयमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको हुन सक्छ ।’

सरकारले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको छ । विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला ओलीले मन्त्रिपरिषदको आकिस्मक बैठक बोलाएका छन् ।

Published : Saturday, 2021 May 8, 9:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया