नागढुंगामा इन्स्पेक्टर थापाको ‘पावर’ले निरीहलाई तनाब, भीआईपीहरूलाई सहज

काठमाडौं । काठमाडौं प्रवेश गर्ने नाका नागढुंगामा प्रहरी निरीक्षक त्रिभवन थापाले ‘पावर’ जापानबाट आएको एक दम्पत्तिले काठमाडौंमा तनाब भोग्नु परेको छ ।

जापानबाट शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका दम्पत्तिलाई लिन बाग्लुङ जिल्लाबाट ग ३ च ४५०८ बोलेर जीप काठमाडौं आएको थियो ।

जीपलाई निरीक्षक थापाले नागढुंगामा रोकेर राखेपछि जापानबाट आएको दम्पत्ति समस्यामा परेको हो । उनीहरूलाई लिन आएका चालक सन्त भण्डारीले आफूले कागजपत्रहरू देखाउँदा पनि निरीक्षक थापाले नागढुंगामा रोखेर राखेको गुनासो गरे ।

चालक भण्डरीले जापानबाट आएको दम्पत्तिको टिकटलगायत कागजपत्रको फोटोकपी प्रहरी निरीक्षक थापालाई देखाएका थिए ।

निरीक्षक थापाले जिल्ला प्रशासन कार्यालय बाग्लुङ वा काठमाडौंको पत्र चाहिन्छ भनेर चालक भण्डारी र जीपलाई काठमाडौं प्रवेश गर्न दिएनन् ।

जीप समयमा नआएपछि जापनबाट आएको दम्पत्ति एयरपोर्टको निलो नम्बर प्लेटको ट्याक्सी महँगो मूल्य तिरेर आएको थियो ।

जीपलाई किन छाड्नु भएन भनेर सोधिएको जिज्ञासामा निरीक्षक थापाले भने, ‘जिल्ला प्रशासन कार्यालय बाग्लुङ वा काठमाडौंको पास थिएन । टिकटसहितका फोटोकपी भएपनि छोड्न नमिल्ने भएपछि रोकेहो हुँ ।’

सरकारले अन्तर्राष्ट्रिय उडानको टिकट र अन्य डकुमेन्ट भयो भने गन्त्यसम्म जान नरोकने जनाएको छ ।

निरीक्षक थापाले पावर लगाएर भनसुन गर्नेहरूलाई भने कुनै पनि कागजपत्र नहेरै छाडेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा प्रवेशमा कडाइ गरिएको छ । तर, अत्यावसेक काम भएकालाई भने छाड्ने गरिएको छ ।

Published : Friday, 2021 May 7, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया