थापाले ओलीलाई साथ दिँदा राज्यको एक करोड ६१ लाख बरबाद, थापासँग देवकोटाले बदला लिने

काठमाडौं । बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उप–निर्वाचनका लागि तीन जनाको मनोनयन पत्र दर्ता भएको छ ।

शुक्रबार आयोगको हेटौँडा कार्यालयमा नेपाल नेमकिपाबाट कृष्णबहादुर तामाङ, एमालेबाट रामबहादुर थापा मगर र स्वतन्त्रबाट खिमलाल देवकोटाले मनोनयनपत्र दर्ता गराएको विज्ञप्तिमा उल्लेख छ ।

स्वतन्त्रबाट उम्मेदवार बनेका देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतको समर्थन रहेको छ ।

गृहमन्त्री समेत रहेका थापाले माओवादी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेपछि सो सिट खाली थियो । थापाले पार्टी छाडेपछि माओवादीले कारबाही गरेर निकालेको थियो । थापाले सत्तास्वार्थका लागि माओवादी पार्टी नछाडेको भए राज्यलाई ठूलो नोक्सानी हुने थिएन ।

थापालाई हराउन माओवादी, कांग्रेस, जसपासहितका दलहरू एक भएका छन् । थापाका कारण उप–निर्वाचन गर्दा राज्यलाई झण्डै दुई करोड नोक्सानी हुनेछ ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगले एक करोड ६१ लाख ३० हजार रुपियाँ बजेट अनुमान गरेको छ ।

कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार यसअघिनै आयोगले पत्राचार गरिसकेको थियो ।

Published : Friday, 2021 May 7, 5:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया