गगनले दिए कमिशन काण्डमा ओलीको संलग्नताको प्रमाण, संसदबाट पाता कस्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोनाविरुद्धको खोप खरिदमा भएको अपराधमा प्रधानमन्त्री खड्गप्रसाद ओली संलग्न रहेको आरोप लगाएका छन् ।
कांग्रेस नेता थापाले शुक्रबार ट्वीट गर्दै खोप प्रकरणमा सार्वजनिक भएका तथ्यले ओलीलाई सबै कुराको जानकारी रहेको बताए । उनले खोप खरिदमा भएको कमिशनको चक्कर र समयमा खोप आउन नसकेकोमा ओली दोषी रहेको बताएका छन् ।
ओलीलाई ट्वीटरमा मेन्सन गर्दै कांग्रेस नेता थापाले भनेका छन्, ‘खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ–जे भयो त्यो अनियमितता मात्र होइन, अपराध हो र त्यो सबै प्रधानमन्त्रीज्यूलाई थाहा थियो ।’
‘तर रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो’, थापाले भने, ‘जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन ।’
‘संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पूरा गर्नुपर्छ’, कांग्रेस नेता थापाले भनेका छन् ।
खोपमा १० प्रतिशत कमिसन माग्दै हुकम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक प्रालि पनि सक्रिय भइरहेको थियो ।
बालुवाटारको पावर लगाएर हुकमले कमिशनसहित खोप ल्याएर महँगामो बेच्ने अनुमति पाएपछि सामाजिक सञ्जालमा विरोध भएको छ ।
कमिशन मागेर काण्ड मच्चाउने हुकमका मालिक विजय दुगड र उनका छोरा अभिषेक दुगड तथा सुरज वैद्य र उनकी श्रीमती रितुसिंह वैद्य हुन् ।
प्रभावशाली उद्यमी वैद्यलाई प्रधानमन्त्री ओलीले भिजिट नेपाल २०२० को संयोजक समेत बनाएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया