कांग्रेस नेता प्रा.पौडेलको निधन, देउवाद्वारा शोक व्यक्त
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका पूर्व सांसद प्रा.विदुर पौडेलको निधनप्रति शोक व्यक्त गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गरेर स्व.पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
खोटाङ कांग्रेसका पूर्व महासमिति सदस्य, पूर्वीय दर्शन तथा संस्कृत साहित्यका रत्न एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकूलपति प्रा.पौडेलको शनिबार बिहान काठमाडौंको पशुपतिमा असामयिक निधन भएको थियो ।
विक्रम संवत २००१ सालमा जन्मिएका स्व.पौडेलले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पु¥याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।
सभापति देउवाले भनेका छन्, ‘कांग्रेसका नेता, राष्ट्रिय सभाका पूर्व सदस्य प्रा.विदुर पौडेलको असामयिक निधनको खबरले मलाई अत्यन्त दुःख लागेको छ ।’
‘स्व.पौडेल पूर्वीय दर्शन र साहित्यका एक धरोहर एवं प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत हुनुहुन्थ्यो’, देउवाले भने, ‘उहाँको निधनले नेपाली कांग्रेस पार्टी र मुलुकले एक असल नेता र वौद्धिक व्यक्तित्वलाई गुमाएको छ ।’
‘दुःखको यस घडीमा स्व.पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया