कांग्रेस नेता बस्नेतद्वारा सुकुटे–ठोकर्पा सडक अनुगमन, गुणस्तरहीन काम गरे जवाफ मागिने

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गृहजिल्ला सिन्धुपाल्चोकमा आफ्नो पालामा आएका विकासका कार्यक्रमहरूको अनुगमन गरेका छन् ।

खेलकुद विभागका संयोजक समेत रहेका बस्नेतले ०७० सालमा प्रतिनिधि सभामा जितेर सांसद बनेका बेला सुकुटे–ठोकर्पा सडक खण्डलाई ४३ करोड ३२ लाख रुपियाँ विनियोजन गराएका थिए ।

कम्युनिस्टले जिते पनि सिन्धुपाल्चोकमा सांसद विकास कोषको कार्यक्रमभन्दा नयाँ कार्यक्रम ल्याउन नसकेको भनेर आलोचना हुँदै आएको छ ।

नेता बस्नेतले शुक्रबार सुकुटे–ठोकर्पा सडक खण्डमा कालोपत्रेको कामको अनुगमन गरेका हुन् । निर्माण कम्पनीलाई बस्नेतले सरकारी मापदण्डअनुसार गुणस्तरीय काम गर्न निर्देशन दिएको सिन्धुपाल्चोक कांग्रेसले जनाएको छ ।

नेता बस्नेतले जिल्लाको विकासमा आफै खटिने गरेका छन् । पराजित भएर पनि बस्नेतले आफू रहँदासम्म सिन्धुपाल्चोकको विकासमा कमी हुन नदिने बताएका छन् ।

कांग्रेस नेता बस्नेतले सडकमा भइरहेको कालोपत्रको गुणस्तर हुनुपर्ने बताएका छन् ।

जनताका लागि कमसल खालको काम भयो भने त्यसको एकएक हिसाव माग्ने पूर्वमन्त्री समेत रहेका बस्नेतले चेतावनी दिएका छन् ।

बस्नेतले आफ्नो क्षेत्रमा खानेपानी, सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, खेलकुदसहितमा वजेट ल्याएर जनतालाई सुविधा दिँदै आएका छन् ।

कोरोना महामारीका बेला होस् वा बाढी पहिरोको बेला होस् नेता बस्नेत आफै राहतका सामग्री लिएर मैदानमा पुग्ने गरेका छन् ।

Published : Saturday, 2021 May 1, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया