सेनाद्वारा १५ वर्ष अगाडि हराएको हेलिकप्टर फेला, दुई शव पनि भेटिए

काठमाडौं । नेपाली सेनाले १५ वर्ष अगाडि दुर्घटना भएको एय डायनेष्टीको हेलिकप्टर भेटाएको छ ।

सन् २००६ मा दुर्घटनामा परेको हेलिकप्टरलाई सेनाले धौलागिरि हिमालमा भेटिएको हो । बुधबार हेलिकप्टरसँग दुई वटा शव पनि फेला परेको छ ।

हिमाल सफाइका क्रममा सेनाको टोलीले दुई वटा शव र दुर्घटनाग्रस्त हेलिकप्टर फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन् ।

हेलिकप्टरभन्दा केही समय टाढा शव फेला परेका थिए । शवको पहिचान नभएको पौडेलले बताए ।

एयर डायनेष्टीको हो भन्ने पुष्टि भइसकेको छ । घटनाका बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।

हेलिकप्टरको अवशेष भने बेस क्याम्पबाट एक किलोमिटर टाढा रहेको पौडेलले बताए ।

Published : Friday, 2021 April 30, 6:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया