ओलीको समृद्धि दीपक मनाङेहरूलाई आएपछि कांग्रेस नेता खतिवडाको सनसनीपूर्ण बयान
काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्टहरूको भर र विश्वा हुँदैन भनेर भन्दै आइरहेको छ । जनतालाई राजनीतिक स्थिरता र समृद्धिका नारा, पानीजहाज, रेल आदिका मीठा कुरा भनेर झण्डै दुईतिहाइ मत पाए ।
अहिले उनीहरू सत्ताको लोभका कारण टुटफुट भएका छन् । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली आफ्नो प्रधानमन्त्रीको कुर्सी र मुख्यमन्त्रीहरूको पद बचाउन सबै तिकडम र हत्कण्डाहरू प्रयोग गरिरहेका छन् । ओलीका मुख्यमन्त्रीको पद बचाइदिन महेश बस्नेत जस्ता नेताहरू पोखरामा अड्डा जमाएर बसेका छन् ।
विगतमा विभिन्न अपराधमा पटक–पटक प्रहरी हिरासत र कारागारमा पुगेका ‘गुण्डा’ पृष्ठभूमिका दीपक मनाङलाई मन्त्री बनाएपछि कम्युनिस्ट र ओलीमाथि प्रश्न उठेका छन् ।
यसैक्रममा ओलीको दल एमालेबाट गण्डकी प्रदेशमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाएका छन् ।
फुत्किने तरखरमा रहेको गुरुङको मुख्यमन्त्री पद बचाउन मनाङेलाई खेलकुद मन्त्रालयको जिम्मेवारीसहित शपद गराएका छन् ।
यसअघि, लुम्विनी प्रदेशमा पनि शंकर पोखरेलले जनता समाजवादी पार्टीका सांसदहरूलाई मन्त्री बनाएर मुख्यमन्त्री पद बचाउने प्रयास गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहिर खतिवडाले हत्यारा डाँका, लुटेराहरूलाई ओलीले मन्त्री बनाएको भन्दै ब्याङ्ग्य गरेका छन् । उनले सरकार बचाउने बहानामा हत्यारा, डाँका, लुटेरालाई मन्त्री बनाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘यो मुलुकमा ओलीको समर्थन गर्ने हत्यारा, डाका, लुटेरा, आगजनी गर्ने जेलबाट छुटेर अब मन्त्री बन्न कति जना छन् ? कतै बाँकी छन् त ?’, खतिवडाले प्रश्न गरेका छन् ।
खतिवडाले बिहीबार ट्वीट गर्दै, ‘गण्डकी र लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावमा सहि धस्काउने केही माननीयलाई बम्परउपहार छ । कि मन्त्री पक्का दिने कि अस्पतालको बेडमा भर्ना गरिदिने । रोजौ है माननीय ज्यू ! कम्युनिस्ट सरकारको सुशासनको नमूना ।’
ओलीले सत्ता बचाउने नाममा आगजनी गर्ने, प्रहरी कुट्ने, लुटपाट गर्नेहरूको मुद्धा फिर्ता लिएको भन्दै आलोचना भइरहेका बेला खतिवडाले कम्युनिस्ट सरकारको सुशासन देखेर जनता दिक्क भएको बताएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया