सरकारी अस्पताललाई सर्वसाधारणमैत्री बनाउन पोखरेलको निर्देशन

काठमाडौं । उप–प्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरूलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरूसँगको मंगलबारको बैठकमा पोखरेलले सरकारी अस्पतालहरूलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन् ।

असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले विशेष ध्यान दिन आग्रह गर्दै उनले सरकारी अस्पतालको सेवामा सुधार हुँदा बिरामीहरूले निकै ठूलो राहत पाउने बताए ।

पोखरेल सोमबार बाँसबारीस्थित गंगालाल अस्पताल पुगी आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ५ अन्तर्गत पर्ने टिचिङ अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका थिए ।

Published : Tuesday, 2021 April 27, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया