डा.उपाध्यायको माओवादी द्वन्द्वमा आधारित उपन्यास प्रकाशित
लन्डन । मानव अधिकारकर्मी डा.कृष्ण उपाध्यायले नेपालको माओवादी आन्दोलनको सन्दर्भसंग जोड्दै ‘दि गोस्ट्स इन द हिल्स’ नामक उपन्यास प्रकाशित गरेको छन् ।
पुस्तकको किण्डल संस्करण र पुस्तक अमाजनमार्फत बजारमा उपलब्ध छ । एकजना दलित बालिकाको साहसिक यात्राको वर्णन गरिएको उपन्यास नेपाली ग्रामीण समाजमा द्वन्द्व कसरी शुरु भएको थियो भन्ने कथामा आधारित छ ।
दाङ्गको थारु समाजबाट शुरु भएको कथामा जानकी नाम गरेकी बालिकाको रोचक यात्राका साथै युद्ध र विद्रोहको कथा समेटिएको छ ।
‘राज्य विरुद्ध सशस्त्र युद्धमा होमिएकी ती बालिकाको युद्धका मर्म बिर्सनेहरूविरुद्ध नै अर्को विद्रोहको कथा पनि हो यो’, उपन्यासकार डा.उपाध्यायले भने ।
नेपालको माओवादी सशस्त्र द्वन्द्वको बारेमा लेखिएको उक्त पहिलो अंग्रेजी उपन्यासमा उपाध्यायले गहिरोसंग नेपाली समाजमा कायम विभेद र अत्याचारको चित्रण गरेका छन् ।
डा.उपाध्यायले कतिपय विभेदविरुद्धको लडाइँ निकै पेचिलो र अप्ठ्यारो भएको तथ्यलाई पनि उजागर गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया