काठ तस्करीको आशंकामा सिन्धुपाल्चोकमा ६ वटा गाडी पक्राउ
बाह्रबिसे । जिल्ला वन कार्यालय सिन्धुपाल्चोक र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले काठ बोकेका ६ वटा गाडी (ट्रक)लाई शंका लागेर नियन्त्रणमा लिएको छ ।
बुधबार राति काठ बोकेका ६ वटा ट्रकहरूमाथि शंका लागेर नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय सिन्धुपाल्चोकका सहायक वन अधिकृत केबी थापाले जानकारी दिए ।
सिन्धुपाल्चोकबाट काठ काठमाडौं पठाउने क्रममा थोरै काठको पुर्जी बनाएर धेरै काठ ल्याउने गरेको गुनासाहरू भइरहेका बेला प्रहरी र वन कार्यालयका कर्मचारीले तस्करीको आशंकामा काठ बोकेका ट्रकहरू नियन्त्रणमा लिएको हो । अनुसन्धानकै क्रममा रहेकाले काठ तस्करी भन्न नमिल्ने सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
चेकिङका क्रममा वनका कर्मचारी र प्रहरीले ना ३ ख ५२३, ना ६ ख ५६६८ नम्बरसहिट ६ वटा ट्रक नियन्त्रणमा लिएको थापाले बताए ।
‘चेकिङका क्रममा चेक गरिएको हो । अनुसन्धानका क्रममा भएको कारबाही भएको छैन । गाडीमा के भएको रहेछ हेर्दै छौँ’, थापाले भने, ‘गाडी छोडेका छैनौँ । हामी हेर्दैछौँ ।’
‘बाह्रबिसेका चन्द्रबहादुर लामा र डाँडापाखरका सुजन थापाको गाडी रहेछ’, उनले भने, ‘जाँचका क्रममा पुर्जी भएको देखिएको छ । राजश्व तिरेको कागज पनि देखाएका छन् । हामीले हेरेका छौँ । सिल लगाएको अवस्था छ । बाहिरबाट हेर्दा त्यस्तो केही समस्या देखिदैन ।’ सुजन थापा एमालेका स्थानीय नेता पनि हुन् ।
सहायक वन अधिकृत थापाले भने, ‘अब भित्र के छ ? यहाँबाट हेर्ने हामीले हेरेका छौँ । बाहिरबाट हेर्दा ठीक देखिन्छ । भित्रबाट हेर्दा जहाँ जाने हो नि ? त्यहाँकोले हेर्नुपर्छ । गन्तव्यस्थानको वन, कर्मचारी र प्रहरीले हेर्नुपर्छ । भोलि बिहीबारसम्म हेर्छौं ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख राजन अधिकारीले नियमित चेकिङका क्रममा काठ बोकेका ट्रकहरूलाई रोकेर वनका कर्मचारीहरूलाई जिम्मा लगाएको बताए ।
उनले वनसँग सम्बन्धित भएका कारण वन कार्यालयका कर्मचारीहरूले चेकजाँच र अनुसन्धान गरिरहेको बताए । उनले प्राविधिक विषय भएकाले वनका कर्मचारीले नै यो विषय हेर्ने बताएका छन् । काठ मालिकसँग यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
स्रोतका अनुसार चेकजाँचका क्रममा पक्राउ परेका ट्रक र काठहरू छुटाउन ठूलो दवाव परेको छ । सिन्धुपाल्चोक प्रहरी र वन कार्यालयका अधिकारीहरूले ट्रक र काठका विषयमा धेरै खुलेर बोल्न चोहका छैनन् ।
सत्तारुढ दल समर्थक काठ व्यापारीहरू भएका कारण ट्रक र काठ छाड्न दवाव परेको एक कर्मचारीले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया