एमालेका ईश्वर पोखरेललाई कांग्रेसको किन चिन्ता ?
काठमाडौं । उप–प्रधानमन्त्री एवम् एमालेका महासचिव ईश्वर पोखरेलले नेपाली कांग्रेसभित्रको आउँदै गरेको महाधिवेशनका कारण माओवादी केन्द्रसहितका दलहरूले दिँदा पनि प्रधानमन्त्री पद नलिएको बताएका छन् ।
एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा पोखरेलले कांग्रेसको महाधिवेशनमा कसले नेतृत्व लिने भन्ने विषयमा विवाद हुँदा प्रधानमन्त्री लिन तयार नभएको हुन सक्ने बताए । कांग्रेसले किन नेतृत्व लिन चाहेको छैन देउवाले जवाफ दिनुपर्ने उनले बताएका छन् ।
उनले भने, ‘कांग्रेसको महाधिवेशन आउँदैछ । पार्टीको नेतृत्व र सरकारको नेतृत्व लिने विषयमा कांग्रेसभित्रको आन्तरिक कुराले गर्दा प्रधानमन्त्री दिँदा पनि नलिएको हुन सक्छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद लिखित रुपमा दिँदा प्रचण्ड स्खलित हुने भएकाले लिखित रुपमा नदिएको पोखरेलले बताएका छन् ।
महासचिव पोखरेलले फुटको आधारभूत शुरुवात प्रचण्डले गरेको आरोप लगाए ।
उप–प्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले विश्वास गरेको व्यक्ति मन्त्री हुने बताएका छन् । उनले ओलीले आफूलाई विश्वास गरेको बताएका छन् ।
पोखरेलले प्रधानमन्त्री ओलीले लेखेर दिएको जिम्मेवारीअनुसार काम गरिरहेको बताए । उनले नेपाली सेनालाई व्यापारमा लगाउने कार्य आफूले नगरेको बताए । उनले सेनालाई मन्त्रिपरिषदले लेखेर स्वास्थ्य सामग्रीको जिम्मेवारी दिएको बताए ।
रक्षामन्त्री भएका बेला सेनासँग आफ्नो सम्बन्धका विषयमा विवाद सिर्जना खोजेको उनले बताए । सेनासँग आफ्नो सबैभन्दा राम्रो सम्बन्ध रहेको पोखरेलले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया