पूर्वी नेपालमा भूकम्पको धक्का, घर बाहिर निस्किए सर्वसाधारण
काठमाडौं । नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का महसुस गरिएपछि सर्वसाधारणहरू घरबाहिर निस्किएका छन ।
सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ ।
पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको दुई वटा झट्का महसुस भएको स्थानीयबासीले बताएका छन् ।
भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ ।
Published : Monday, 2021 April 5, 9:32 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया