महिला संघको नुवाकोट–काठमाडौं सम्पर्क समिति गठन

नुवाकोट । नेपाल महिला संघ नुवाकोटले ‘नेपाल महिला संघ नुवाकोट–काठमाडौं सम्पर्क समिति’ गठन गरेको छ ।

संघकी अध्यक्ष एवम् बागमती प्रदेशकी सांसद कल्पना नेपालीले सुनिमा थिङको अध्यक्षतामा सम्पर्क समिति गठन गरेकी हुन् ।

समिति गठनको जानकारी अध्यक्ष नेपालीले नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीलाई सम्बोधन गरेर जानकारी पठाएकी छिन् ।

नुवाकोट जिल्लाबाट काठमाडौंमा आएर विभिन्न पेशा व्यवसायमा संलग्न महिलाहरूलाई कांग्रेसमा गोलबन्द गर्न संघकी अध्यक्ष नेपालीले सम्पर्क समिति बनाएकी हुन् ।

नेपाल महिला संघ नुवाकोट–काठमाडौं सम्पर्क समितिको उपाध्यक्षमा जानुका खतिवडा, सचिवमा संगीता थापा, कोषाध्यक्षमा सरु ढुङ्गाना चयन भएका छन् ।

सदस्यहरूमा सुजा श्रेष्ठ, गीता परियार नेपाली, जानुका घिमिरे, मनिता दर्जी, राधिका लामा, ईश्वरी खड्का, पार्वती थापा, नीलकुमारी घले र सहनशीला प्याकुरेल चयन भएका छन् ।

‘नेपाल महिला संघ नुवाकोटद्वारा नुवाकोटबाट काठमाडौं आई विभिन्न पेशा व्यवसाय र बसोबास गर्दै आउनुभएका महिला दिदीबहिनीहरूबाट नेपाली कांग्रेस पार्टीप्रति उत्तरदायी भूमिका निर्वाह र काठमाडौंमा छरिएर बस्नुभएका दिदीबहिनीहरूलाई संगठित बनाउनको लागि सम्पर्क समिति गठन गरेका छौँ’, संघकी अध्यक्ष नेपालीले भनेकी छिन् ।

Published : Monday, 2021 April 5, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया