भारतद्वारा निर्मित नेपालगञ्ज र लमहीका दुई परियोजनाको उद्घाटन
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज र दाङको लमहीमा भारतको आर्थिक सहयोगमा निर्माण भएका संरचना उद्घाटन गरिएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशलले भारत सरकारको ८ करोड ९२ लाख अनुदान सहयोगमा निर्मित दुई परियोजनाको उद्घाटन गरेका हुन् ।
स्तरोन्नत गरिएको फत्तेबाल आँखा अस्पतालको भवन र दाङ जिल्लाको लमही बजारमा निर्मित राप्ती शीत भण्डारको संयुक्त रुपमा उद्घाटन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यी दुवै परियोजनाहरू नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनको रुपमा सम्पन्न गरिएको छ ।
भारत सरकारको नेरु. ४ करोड ६६ लाख अनुदान सहयोगमा निर्मित नयाँ अस्पताल भवनमा जेनेरल वार्ड, प्राइभेट वार्ड, अपरेसन थियटर, तालिम कक्ष, चिकित्सकका लागि बस्ने क्वाटर तथा ड्रेनेज सिस्टमको सुविधा रहेको छ ।
भारत सरकारको नेरु ४ करोड २५ लाख र बाँकी नेपाल सरकार तथा उपभोक्ता समितिको सहयोगमा कूल ९ करोड ६६ लाख रुपियाँ लागतमा ३२०० एमटी क्षमताको शीत भण्डारको निर्माण गरिएको छ ।
राप्ती शीत भण्डारमा तरकारी, फलफूल तथा कुहिएर जाने कृषिजन्य उत्पादन भण्डारण गर्न सकिनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया