ओलीको पछाडि लाग्दा यी कम्युनिस्ट सांसदको पद फुत्किने भयो
वीरेन्द्रनगर । एमालेलाई साथ दिएपछि माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ ।
दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए । रेग्मीले माओवादी केन्द्रले पठाएको स्पष्टीकरणको समेत जवाफ दिएका थिएनन् ।
माओवादी संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले पार्टीले पठाएको कारबाहीको पत्र शुक्रबार प्रदेशसभामा बुझाएको जानकारी दिएकी छिन् ।
रेग्मीले एमालेको केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिवको पद स्वीकार गरेर काम गरिरहेकाले संसद पदबाट मुक्त गर्न पत्राचार गरिएको नेपालीले बताइन् ।
रेग्मी माओवादी केन्द्रकोतर्फबाट कार्य व्यवस्था परामर्श समितिमा पनि थिए । अव कार्य व्यवस्था परामर्श समितिमा रेग्मीको ठाउँमा माओवादी केन्द्रले रातो कामीलाई पठाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रको संसदीय दलको बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको मर्म र भावनाविपरित कार्य गरिरहेको आरोप लगाएको छ ।
प्रमुख सचेतक नेपालीले नेकपा एमालेका १० जना सांसदहरूले गरेको हस्ताक्षरलाई आधार मानेर प्रदेश प्रमुखले पटक–पटक सरकारलाई दवाव दिइरहेको आरोप लगाइन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया