अध्याँरो कोठाभित्र के–के गर्छन् ओली ? खतिवडाद्वारा भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बालुवाटारको अध्याँरो कोठाबाट गरिएका प्रधानमन्त्री खड्गप्रसाद ओलीका निर्णयहरू खारेज गर्न प्रस्ताव गरेका छन् ।

खतिवडाले ट्वीट गर्दै अध्यारो कोठाहरूमा हुने ओलीका निर्णयहरू अबैध भएको बताए ।

ओलीले संविधान र कानून विपरितका हर्कत गर्ने कार्यहरू बढ्न थालेपछि कांग्रेस नेता खतिवडाले कम्युनिस्ट सरकारलाई लोकतन्त्र विपरितका कार्यहरू नगर्न सुझाव दिएका हुन् ।

‘हाम्रा प्रधानमन्त्री केपी ओली सिंहदरबारबाट हराएको एक वर्ष भएछ’, खतिवडाले भने, ‘आज उपस्थित हुने समाचार आयो । सदनमा पनि प्रधानमन्त्री हराउनु भएको छ । सभामुख महोदय, प्रधानमन्त्रीलाई संसद भवनमा उपस्थित हुन रुलिङ गर्नुपर्‍यो ।’

कांग्रेस नेता खतिवडाले ओलीलाई सचेत गराउँदै भनेका छन्, ‘बालुवाटारको अध्यारो कोठाबाट गरेका निर्णय अमान्य घोषणा गरौं ।’

ओलीले पार्टीभित्रको आन्तरिक विवादका कारण प्रतिनिधि सभा भङ्ग गरेका थिए । सर्वोच्च अदालतले ओलीको असंवैधानिक निर्णय खारेज गरिदिएको थियो ।

ओलीले सरकारको सबै काम र निर्णयहरू बालुवाटारबाट गर्दै आएका छन् । ओली सिंहदरबारस्थित कार्यालयमा निकै कम जान्छन् ।

ओलीले प्रधानमन्त्री कुर्सी बचाउन र सुरक्षित हुन आफ्नै पार्टी एमालेका नेताहरूलाई धमाधम कारबाही गरिरहेका छन् । ओलीले सरकार निवासभित्र बसेर गरेका निर्णयहरूलाई कांग्रेस मात्र नभई उनकै पार्टी एमालेका नेताहरूले पनि रुचाएका छैनन् ।

Published : Friday, 2021 April 2, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया