रोशीमा दुई विद्यालयको भवन शिलान्यास
वनेपा । काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित दुई वटा विद्यालय पुनःनिर्माणका लागि शीलान्यास गरिएको छ ।
श्री हरिसिद्घि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित श्री सिद्घेश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न गरिएको भारतीय राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
शीलान्यास राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा पुनःनिर्माण गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का परियोजना निर्देशक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा भारतीय राजदूतावासका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय समुदाय सदस्य र विद्यार्थीको सहभागीता थियो ।
२.८४ करोड नेपाली लागतमा श्री हरिसिद्घि माध्यमिक विद्यालयको निर्माण हुनेछ । श्री सिद्घेश्वर माध्यमिक विद्यालयको निर्माण लागत ३.९६ करोड रहेको छ ।
नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप यी विद्यालयहरूको निर्माण गरिनेछ ।
श्री हरिसिद्घि माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा ९ वटा कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र विद्यार्थीका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ ।
श्री सिद्घेश्वर माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा १३ वटा कक्षा कोठा, लेखा, प्रधानाध्यापक र अध्यापकका लागि कक्ष, परीक्षा कक्ष, प्रारम्भिक बालविकास कक्ष, प्रशासनिक कक्ष, विद्यालय व्यवस्थापन समिति कक्ष र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया