भारतद्वारा चितवनको विद्यालयको भवन बनाइदियो

काठमाडौं । भारत सरकारको चितवनको खैरहनीमा श्री राष्ट्रिय प्राथमिक विद्यालय, सुल्ताना (पुनःनामाकरण आधारभुत विद्यालय सुल्ताना) को नयाँ विद्यालय भवन बनाइदिएको छ ।

भारतले सो भवन नेरू १८.६६ मिलियन आर्थिक सहयोगमा निर्माण गरिदिएको हो ।

भवनको भारतका महावाणिज्यदूत नितेश कुमार, वडाध्यक्ष मेनेजर चौधरीले संयुक्तरूपमा उद्घाटन गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा भारत र नेपालका मित्रहरू लगायत विद्यालय व्यवस्थापन समिति, स्थानीय राजनीतिज्ञ र समुदायका नेताहरू पनि उपस्थित थिए ।

भारत सरकारको नेपाल–भारत विकास सहकार्यअन्तरगत अनुदान १२ कक्षा कोठा र सरसफाई सुविधा भएको दूई तल्ले विद्यालय भवन निमार्णमा उपयोग गरिएको थियो ।

परियोजना भारत सरकार र नेपाल सरकारबीचको समझौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिइएको थियो ।

श्री राष्ट्रिय प्राथमिक विद्यालयको स्थापना सन् १९७३ मा सुल्ताना, चितवनमा भएको थियो ।

सन् २००४ को बाढीमा विद्यालय पुर्णरूपले ध्वस्त भएको थियो । भारत सरकारको विद्यालयलाई गरिएको आर्थिक सहयोग समुदायका विद्यार्थीको लाभ र उनीहरूको शैक्षिक अनुभव वृद्धी गर्नेतिर लक्षित छ ।

Published : Thursday, 2021 April 1, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया