ओली समूहले तीनदिनभित्रै अध्यक्षको पद खाइदियो, अर्घाखाँचीका तीन नेता निष्कासित
सन्धिखर्क । एमालेको केपी ओली समूहले अर्घाखाँचीमा पनि माधव नेपालका तीन जना नेताहरूलाई कारबाही गरेको छ ।
ओली निकटको एमाले अर्घाखाँचीका अध्यक्ष चेतनाराया आचार्यले सोमबार विज्ञप्ति जारी गरेर नेपाल समूहका तीन जना नेताहरूलाई पार्टीबाट कारबाही गरिएको जनाएका छन् ।
समानान्तर कमिटी गठन गरेको भन्दै ओली समूहले एमालेका तत्कालीन सचिव रामबहादुर चौहान, संविधानसभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई पार्टीबाटै निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टीलाई कमजोर बनाउने, फुटपरस्त गतिविधि गर्ने र पार्टीविरोधी क्रियाकलाप गरेकाले उनीहरूलाई निष्कासन गरिएको एमाले अर्घाखाँचीको विज्ञप्तिमा उल्लेख छ ।
पार्टी हितविपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको हो ।
रामबहादुर चौहान तीन दिनअघि एमालेको माधव नेपाल समूहले गठन गरेको समूहको जिल्ला अध्यक्ष बनेका थिए । अध्यक्ष बनेको तीन दिनभित्रै ओली समूहले नेपाल समूहका अध्यक्ष चौहानको अध्यक्ष पद खाइदिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया