खतिवडाको खबरदारी, बाग्लुङ कांग्रेसका नेता कुँवर र परियारका हत्यारालाई सरकारले संरक्षण नगरोस्
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बाग्लुङ कांग्रेसका जिल्ला सदस्य प्रकाश कुँवरसहित दुई जनाको हत्या गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन् ।
खतिवडाले सोमबार बिहान ट्वीट गर्दै खतिवडाले दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका हुन् ।
बाग्लुङको बडीगाड गाउँपालिकाको बल्देको धुरीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य प्रकाश कुँवर र स्थानीय दीपक परियारलाई सामूहिक रुपमा कुटपिट गरेर आइतबार हत्या गरिएको थियो ।
‘बाग्लुङको बडीगाड गाउँपालिकामा भएको घटनाको सरकारले सत्य तथ्य छानबिन गरि दोषीलाई तुरुन्तै कानूनी कारबाही माग गर्दछु’, खतिवडाले भनेका छन् ।
‘बिना कसुर ज्यान गुमाउनु भएका प्रकाश कुँवर र दीपक परियार (दमाई)का हत्यारालाई सरकारको संरक्षण छ भन्ने कुरा छिटोभन्दा छिटो अप्रमाणित होस्’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।
यसैबीच, कांग्रेस नेता खतिवाडाले जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख (एसपी) कृष्ण पल्ली मगरलाई फोन गरेर दोषीलाई कानूनअनुसार हदैसम्मको कारबाही गर्न आग्रह गरेका छन् ।
खतिवडाको आग्रहपछि एसपी मगरले कुँवर र परियारका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने आश्वासन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया