जोशीको निधनप्रति कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पूर्वसांसद नवीन्द्रराज जोशीको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकुष्ण खाणले शनिबार शोक वक्तव्य जारी गरेर जोशीको निधनले मर्माहत तुल्याएको बताए ।

जोशी नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, पूर्व मन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं संविधान सभा सदस्यका सदस्य समेत रहेका थिए ।

जोशीको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार राति निधन भएको थियो ।

जोशी विक्रम संवत २०६४ र २०७० सालमा सम्पन्न भएका संविधान सभा निर्वाचनहरूमा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ८ बाट निर्वाचित भएका थिए । स्व.जोशी २०७३ सालमा उद्योग मन्त्री समेत भएका थिए ।

Published : Saturday, 2021 March 27, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया